श्रीलंकन क्रिकेटर गुनतिलक यौन दुर्व्यवहारको आरोपमा पक्राउ
काठमाडाैं | कात्तिक २०, २०७९
काठमाडौँ: श्रीलंकन क्रिकेटर दनुश्का गुनतिलकलाई अष्ट्रेलियाको पूर्वी क्षेत्रस्थित यौन दुर्व्यवहारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको छ । २९ वर्षीया युवतीले यसै साता यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले उनलाई आइतबार बिहानै एक होटलबाट पक्राउ गरेको हो ।
अष्ट्रेलियाको न्यु साउथ वेल्सस्थित प्रहरीका अनुसार ती युवतीले ब्याट्सम्यान गुनतिलकलाई केही दिनअघि अनलाइन डेटिङ एप्समार्फत् सम्पर्क गरी भेट गरेकी थिइन् । त्यसपछि नोभेम्बर २ बुधबार साँझ ती युवतीले आफूलाई गुनतिलकले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । प्रहरीले यस घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । जस अन्तर्गत शनिबार प्रहरीले क्रिकेटर टोली रहेको स्थान रोज बे मा पुगेर घटनास्थलको अनुसन्धान गरेको थियो ।
३१ वर्षीय गुनतिलकलाई प्रहरीले आइतबार बिहान १ बजे नै सिड्नीको एक होटलबाट पक्राउ गरेको बताइएको छ । पक्राउ गरी उनलाई सिड्नी सिटी प्रहरी स्टेसनमा लगिएको छ । प्रहरीकहाँ युवतीले सहमतिबिना नै जबर्जस्ती यौनसम्बन्ध राखेको आरोप लगाएकी थिइन् ।
यौन दुर्व्यवहारको आरोपमा दनुश्का पक्राउ परेको खबर श्रीलंका क्रिकेट टोलीले पनि पुष्टि गरेको छ । साथै उनी नोभेम्बर ७ मा अदालतमा उपस्थित हुने बताइएको छ । गुनाथिलक चोटका कारण टी–२० विश्वकपको पहिलो चरणबाट बाहिरिए पनि अष्ट्रेलियाको खेलका लागि उनी टोलीमा समावेश छन् ।
उनले २०१५ को नोभेम्बरदेखि श्रीलंकाका लागि ८ वटा टेस्ट गेम, ४७ वटा वान डे र ४६ वटा टी.२० खेलिसकेका छन् । आइतबार समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डसँग पराजित भएपछि श्रीलंका यसपटकको विश्वकप प्रतियोगिताबाट बाहिरिएको छ ।
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

